१४ फाल्गुन २०७७, शुक्रबार

छोरीमाथि पटक-पटक बलात्कार गर्ने बाबु पक्राउ

  प्रकाशित मिति
३ पुष २०७७, शुक्रबार ०४:२८


बालविवाह गराउने अभिभावकमाथि अनुसन्धान

आफ्नी १३ वर्षीय छोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका-११ का बलात्कारी बाबुलाई केही समययतादेखि पटक-पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो । उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालका अनुसार पीडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको छ ।

यसैगरी, उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका-३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा खड्का रहेका छन् ।

गत मङ्सिर १९ गते अभिभावकले नै जिल्लाको कटारी बजारमा लुकीछिपी विवाह गराएपछि प्रहरीमा निवेदन परेका कारण बिहीबार अभिावकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरी प्रमुख दाहालले बताउनुभयो । राधा खड्काकी छोरी १६ वर्षीया गोमा खड्का र पुष्प कोइरालाका छोरा २३ वर्षीय आश्विन कोइरालाबीच अभिभावकको उपस्थितिमा लुकीछिपी विवाह भएको प्रहरीले बताएको छ ।

त्यसैगरी भागेर मन्दिरमा गई आफैँले सिन्दुर पोते गरेर बालविवाह गर्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भागेर आफूखुशी बालविवाह गर्ने जोडी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-१६ सुकौराकी १६ वर्षीया खेली कार्की र अर्का उदयपुर गढी गाउँपालिका-६ भुमरेको १८ वर्षीय दुर्गाबहादुर खड्का रहेका छन् ।

दुवै जोडीले गत मङ्सिर २८ मा गाउँकै एक मन्दिरमा गएर विवाह गरेपछि उदयपुर गढीको वडा नं ६ स्थित नेपालटार बजारमा बेहुलाका दिदी सुनिता फुँयालको घरमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका बालविवाहका जोडीलाई प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारले कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ २० लाख मात्रा किन्नका लागि प्रक्रिया अगाडि बढाएको छ । गत माघ १५, माघ २९

कपिलवस्तुको धार्मिक पर्यटकीय स्थल तिलौराकोटको परिचय दिएर भाइरल भएका १३ वर्षीय राहुल सहनी भेटिएका छन् । कपिलवस्तु नगरपालिका ३ घर

विकास रौनियार, धादिङ कोरोना संक्रमणबाट धादिङमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४५

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा सामान्य हेरफेर गरि पुनर्गठन गर्नुभएको छ। प्रचण्डसँग कुरा मिलाएर मन्त्रीमण्डलमा व्यापक स्तरमा पुनर्गठन गर्न प्रधानमन्त्रीले