‘नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१’ हुने, आवेदन फारम खुल्ला

‘नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१’ हुने, आवेदन फारम खुल्ला


मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१’ हुने भएको छ ।

लामो समयदेखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधातर्फ “नेशनल इन्टरटेनमेन्ट अवार्ड–२०२१” गरिने भएको छ ।

“नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१” यही आउँदो माघ महिना २०७७ भित्र काठमाडौंमा गरिने कुरा आयोजक कमिटीका अध्यक्ष रोशन पोखरेलले बताएका छन् ।अवार्ड आवेदनको लागि दर्ता फारम खुलिसकेको छ भने माघ १५ गतेसम्म फारम भरिने जानकारी गराइएको छ । यसका लागि २०१९ जनवरी देखि २०२० डिसेम्बरसम्मका गीत/संगीतहरुलाई समावेश गरिने भएको छ भने नवप्रतिभाको हकमा २०२० भित्र गीत निकालेको हुनुपर्नेछ ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुति तथा ब्यवस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल र अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् ।

उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक/गायिका, पर्वविशेष गीत, भेकविशेष (पूर्वेली, काठे, पश्चिमेली), भजन, पप, आधुनिक गायक (गायिका, भाषा) भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्मेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड-२०२१’ को लागि आवेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले क्रियटिभ इन्साइट मिडियाको कार्यालयमा सम्पर्क गरेर आवेदन फर्म भर्न सक्ने जनाइएको छ ।