११ माघ २०७७, आईतवार

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

  प्रकाशित मिति
१८ मंसिर २०७७, बिहीबार १३:५८



कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार ३,१५७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि गत अप्रिल १५ मा एकैदिन सबभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा २,६०३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म २,७३,८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार झण्डै एक लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विकास रौनियार, धादिङ ज्योति लाइफ इन्सोरेन्स कम्पनी लि.ले गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा सचेतनामूलक कार्यक्रम सपन्न गरेको छ । सो इन्सोरेन्सका

सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र

बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ प्रमादी नामक सम्बत्सर शिशिर ऋतु वि.सं.