२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै

२० महिनापछि बोइङ ७३७ म्याक्सले अमेरिकामा उडान सुरु गर्दै



बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवा सञ्चालनमा ल्याएको छ ।

अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न बुधबार अमेरिकी राज्य टेक्सासको डल्लासबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गरेको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासनले गत महिना बोइङको चौथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो ।

इन्डोनेसिया १८९ र इथियोपियामा १५७ गरी ३४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको सेवालाई रोकेको थियो ।