संक्रमणबाट २४ घण्टामा थप २९ को मृत्यु, कुल संक्रमित संख्या २,३३,४५२

संक्रमणबाट २४ घण्टामा थप २९ को मृत्यु, कुल संक्रमित संख्या २,३३,४५२



पछिल्लो २४ घण्टामा नेपालमा थप १,४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो यस तथ्याङ्कसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २,३३,४५२ पुगेको छ ।

यस्तै, सोमबार काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जना कोरोनासंक्रमितको मृत्यु भएको छ । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,५०८ पुगेको छ।

सोमबार देशभर १,९३१ जना कोरोनासंक्रमित डिस्चार्ज भएका छन् भने हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित । ५३५ जना क्वारेन्टिनमा रहेका पनि मन्त्रालयले जानकारी दिएको छ ।