११ माघ २०७७, आईतवार

मार्चपछि अष्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी चार्टर्ड विमानमार्फत् पुगे

  प्रकाशित मिति
१५ मंसिर २०७७, सोमबार १०:२३



कोरोना भाइरसको प्रकोप शुरु भएपछि गत मार्च महिनापछि अष्ट्रेलियामा विदेशी नागरिकलाई प्रवेश गर्न निषेध गरिएकोमा सोमबार एकजना विदेशी विद्यार्थी अष्ट्रेलिया पुगेका छन् ।


कोरोना भाइरसका कारण विदेशी नागरिकलाई प्रवेश निषेध गरिएपछि अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी जाने गरेकोमा सो क्रम पनि रोकिएको थियो ।

अष्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त भएको समाचारमा सोमबार यहाँ मार्च महिनापछि पहिलो पटक एकजना विदेशी विद्यार्थी पुगेका बताइएको छ ।

अष्ट्रेलियामा यसरी विदेशी विद्यार्थीहरु अध्ययनका लागि पनि जान नपाएपछि यहाँको अर्बौं डलर बराबरको ठूलो धनराशी आय पनि रोकिएको बताइएको छ ।
अष्ट्रेलियाको उत्तरी शहर डार्विनमा त्यहाँको विश्वविद्यालयले आफ्ना विदेशी विद्यार्थीलाई जहाज चार्टर गरेर लगेको थियो । यस कार्यक्रमलाई सो विश्वविद्यालयले परीक्षणको रुपमा अथवा आफ्ना विदेशी विद्यार्थीलाई ल्याउने शुरुको आयोजनाको रुपमा कार्यक्रमको शुरुआत गरेको बताइएको छ ।

सो विश्वविद्यालयले गरेको चार्टर जहाजमा आफ्ना ६३ जना विद्यार्थी ल्याएको बताइएको छ । चीन, जापान, भियतनाम, इन्डोनेसिया र हङकङबाट ती विद्यार्थी लगिएको थियो ।

ती देशका विद्यार्थीहरु सो चार्टर विमान चढ्नका लागि सिंगापुर पुगेका थिए । सिंगापुरबाट सो विश्वविद्यालयले जहाज चार्टर गरेको थियो । ती विद्यार्थीलाई अब अष्ट्रेलियामा १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताइएको छ ।

अष्ट्रेलियाले विदेशी उडानहरुलाई अहिले पनि अनुमति दिएको छैन । त्यसैले सो विश्वविद्यालयले विमान चार्टर गरेर आफ्ना विद्यार्थी लगेको बताएको छ ।

यहाँका विश्वविद्यालयहरुले देशमा उडान प्रतिबन्ध लगाइएकोले विदेशी विद्यार्थी आउन नपाएको भन्दै यसले समस्या बनाएको बताएका छन् । अष्ट्रेलियामा कोरोनाको प्रकोपका डरले गर्दा उडानहरु पनि रोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,

सर्लाहीस्थित धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन् । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनुभएको छ । उहाँले लोकतन्त्रमा जनता नै

यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान