हराएको अठार तोला गरगहना सम्बन्धित धनीलाई बुझाइयो

हराएको अठार तोला गरगहना सम्बन्धित धनीलाई बुझाइयो



प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र रु ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले लैनचौरकी ५३ वर्षीय शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं महानगरपालिका-२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाइएको हो ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा हराएको उक्त गरगहना र नगद बा १ य ९६८ नंको ट्याक्सीमा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिनुभयो । प्रहरीले उक्त नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेर दिएको हो ।