नेफिन जापान कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमिति

नेफिन जापान कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमिति



विशेष प्रतिनिधि, टोकियो (जापान)


नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार (नोभेम्बर २९) भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति घोषणा सम्पन्न गरिएको हो ।

अधिवेशनबाट अध्यक्षमा कर्साङ तामाङ सर्वसहमति चयन हुनुभएको छ । महासंघ कान्तोको समितिका दुई उपाध्यक्षमा दिप लिम्वू र दिवस पुन मगर त्यस्तै सचिवमा विनय गुरुङ चयन हुनुभएको छ । कार्यसमितिको सह सचिव स्मृति मोक्तान, कोषाध्यक्षमा प्रिन्स पुन तथा सदस्यहरुमा अभिषेक लिम्बु, रमेश पहरी, रिन्जी शेर्पा, कल्पना चेम्जोङ चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा विभिन्न ब्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष कर्साङ तामाङलाई एक कार्यक्रमका विच एनआरएनए आइसीसीका ददिवल खड्का,नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली,नेफिन जापानका केन्द्रिय महासचिव शान्त पहरी लगाएत संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना तथा बधाई दिनुभएको थियो ।