ओलम्पियन विष्ट कोरोना सड्क्रमित

ओलम्पियन विष्ट कोरोना सड्क्रमित


ओलम्पियन एवं तेक्वान्दो प्रक्षिक दीपक विष्ट कोरोना भाइरसबाट सड्क्रमित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पूर्वअध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनका अनुसार विष्टसहित परिवारका ६ जनामा कोरोना सड्क्रमण देखिएको छ ।

परिवारका अन्य सदस्य कोरोनाबाट मुक्त भइसकेको पनि विष्टले जानकारी दिएका छन् ।

सड्क्रमणबाट जोगिन शारीरिक दूरी कायम गर्न र मास्कको प्रयोग अनिवार्य रुपमा गर्न ओलम्पियन विष्टले आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि विष्ट होम आइसोलेसनमा रहेका छन् भने उनकी पत्नी एवं १३औं दक्षिण एसियाली खेलकूद (साग)मा तेक्वान्दोतर्फ दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य पनि कोरोना सड्क्रमणबाट मुक्त भएकी छन् ।