फुटबलका महान् खेलाडी म्याराडोनाको निधन

फुटबलका महान् खेलाडी म्याराडोनाको निधन



फुटबलका विश्वविख्यात एवम् महानतम् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको ‘कार्डिएक अरेस्ट’का कारण निधन भएको छ ।

तीन साताअघि उनको मस्तिष्कसम्बन्धी समस्याको अपरेशन गरिएको थियो । उक्त अपरेशन सफल भएको थियो भने मदिरा सेवनको लत छुटाउन छिट्टै उनको अर्को उपचारको तयारी गरिँदै थियो । लागूऔषध सेवनको लतका कारण म्याराडोना बेला-बेला विवादमा परिरहन्थे ।

सन् १९८२ मा २१ वर्षको उमेरमा अर्जेन्टिनाका स्टार खेलाडीको रूपमा म्याराडोना पहिलो पटक चर्चामा आएका थिए । सन् १९८६ मा म्याराडोनाकै नेतृत्वमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

फुटबलकासबभन्दा महान् खेलाडी म्याराडोनाको अचानक मृत्युको समाचारले विश्वभरका उनका प्रशंसकहरू शोकमग्न बनेका छन् ।