पूर्वयुवराज पारस अस्वस्थ

पूर्वयुवराज पारस अस्वस्थ


पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । नारायणगढ (चितवन) स्थित एक होटलमा मङ्गलबार साँझ बस्न पुगेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको बताइएको छ ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार पारसलाई होटलमै इसिजी गरिँदै छ ।

उनको रगत परीक्षण गर्न लागेको जानकारी दिँदै रेग्मीले भनेका छन्, ‘उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।’

इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए ।

मुटुसम्बन्धी पुरानै समस्या रहेको पारसमा सोही समस्या बुल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।