हराएको २४ दिनपछि भेटिए राहुल

हराएको २४ दिनपछि भेटिए राहुल


कपिलवस्तुको धार्मिक पर्यटकीय स्थल तिलौराकोटको परिचय दिएर भाइरल भएका १३ वर्षीय राहुल सहनी भेटिएका छन् । कपिलवस्तु नगरपालिका ३ घर भई हाल कपिलवस्तु नगरपालिका ६ तिलौरी बस्दै आएका राहुल २४ दिनपछि भेटिएका छन् ।

उनका छिमेकीले पारिवारिक काममा भारत गएको बेला भारतको मुम्बैबाट फेला पारेर ल्याएको र कपिलवस्तु प्रहरीलाई बुझाएको प्रहरिले जनाएको छ । २४ दिनपछि भेटिएका उनलाई कपिलवस्तु प्रहरीले स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाएको छ ।

१३ वर्षीय राहुल तौलिहवास्थित सिद्धार्थ बोर्डिङ स्कुल जाने क्रममा हराएका थिए । राहुल सहनीले विगत दुई वर्षदेखि सिद्धार्थ गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोटको परिचय विभिन्न भाषामा दिई स्वदेशदेखि विदेशसम्म भाइरल भएका थिए ।

यो पनि हेर्नुहोस-