खोप प्रमाणित हुने बित्तिकै नेपालीलाई उपलब्ध हुने मन्त्री ढकालको दाबी

खोप प्रमाणित हुने बित्तिकै नेपालीलाई उपलब्ध हुने मन्त्री ढकालको दाबी


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने दाबी गरेका छन् ।

विश्वास दिलाउनुभएको छ । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्वप्रति-जैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड-१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त खोपको सफल परीक्षण भई प्रमाणित हुने बित्तिकै नेपाली नागरिकले पाउने बताए । उनले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी भएको थियो ।