प्रभावशाली सय महिलाको सूचीमा सपना

प्रभावशाली सय महिलाको सूचीमा सपना

म्याग्दी (नेपाल)की १८ वर्षीया सपना रोका मगर विश्वका प्रभावशाली सय महिलाहरूको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको २०२० का प्रभावशाली सय महिलामा उनले स्थान बनाएकी हुन् ।

फिनल्याण्डकी प्रधानमन्त्री साना मरिनदेखि अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्माण टिमको नेतृत्व गरेकी सारा गिल्बर्टसम्म बिबिसीले मंगलबार सार्वजनिक गरेको विश्वका प्रभावशाली सय महिलाको उक्त सूचीमा छन् भने सोही सूचीमा स्थान बनाउने सफलता हासिल गरेर सपनाले देशकै नाम उँचो तुल्याएकी छन् ।

यसरी प्रभावशाली महिलाको सूचीमा पर्ने गरी उनले गरेको काम पनि निकै सह्राहनीय प्रकृतिको छ । म्याग्दीस्थित घरबाट अध्ययनको निम्ति चार वर्षअघि झोला बोकेर निस्किएकी उनी पछिल्लो समय बेवारिसे बन्न पुगेका शव जलाउने काम गर्छिन् । हालसम्म उनले तीन दर्जनभन्दा धेरै बेवारिसे शवको सदद्गत गरिसकेकी छन् । सपनाका अनुसार उनलाई यसरी बेवारिसे शव जलाउने प्रेरणा बिनयजङ्ग बस्नेतबाट मिलेको हो । बिनयले हालसम्म सयौँ बेवारिसे शवको सदगत गरिसकेका छन् ।