भ्रष्टाचार र बेथिति अन्त्यको माग गर्दै मङ्सिर १५ गते माइतिघरमा सभा

भ्रष्टाचार र बेथिति अन्त्यको माग गर्दै मङ्सिर १५ गते माइतिघरमा सभा


राष्ट्रिय शक्ति केन्द्र नेपाल नामक नागरिक सङ्गठनले मङ्सिर १५ गते राजधानीमा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । पूर्वमन्त्री केशरबहादुर बिष्ट नेतृत्वको उक्त सङ्गठनले भ्रष्टाचार र बेथिति अन्त्यका साथै राजसंस्था पुनर्स्थापनाको पक्षमा कार्यक्रमको आयोजना गरेको हो ।

दिउँसो एक बजे माइतीघर मण्डलामा सभाको आयोजना गरिने र सभामा नेपाली काङ्ग्रेसका नेता विपिन कोइराला र नेता केशरबहादुर बिष्टबाट विशेष सम्बोधन हुने बताइएको छ ।

बिष्ट केही समय यता दलगत आवद्धताबाट मुक्त भई नागरिक संगठन निर्माण गरेर विद्यमान अब्यवस्था र बेथिति विरुद्ध सङ्घर्षको तयारी गर्दै हुनुहुन्छ । मङ्सिर १५ गते हुने कार्यक्रमलाई त्यसैको थालनीका रूपमा लिइएको छ ।