६ किलोग्राम चरेशसहित दुई जना पक्राउ
प्रकाशित मिति
९ मंसिर २०७७, मंगलवार ०४:१६
विकास रौनियार, धादिङ
धादिङको गजुरी गाऊँपालिका वडा १ बाट ६ केजी चरेशसहित दुई व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो करिब १ बजे गजुरी गाउँपालिका १ स्थित गजुरीबजारबाट इलाका प्रहरी कार्यालय गजुरीले चरेशसहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौला बजारका २२ वर्षीय दिलिप दाहाल र सोही ठाउँका २० वर्षीय राजन परियार रहेको प्रहरीले जनाएको छ ।
गल्छीबाट मुग्लिङतर्फ जाँदै गरेको ग. १५ प ३३५० नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी छ ।