ग्यास बुलेटले ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु

ग्यास बुलेटले ठक्कर दिँदा चितवनमा दुई जनाको मृत्यु



पूर्व-पश्चिम राजमार्गको राप्ती नगरपालिका-६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको छ ।

प्रहरीका अनुसार प्र ३-०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो । ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

मृत्यु हुने दुबव जनाको सनाखत हुन नसकेको बताइएको छ । उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।