मदवेदेवले जिते जीवनकै सबभन्दा ठूलो उपाधि

मदवेदेवले जिते जीवनकै सबभन्दा ठूलो उपाधि



रुसका डेनिल मदवेदेवले आफ्नो खेल जीवनकै सबैभन्दा ठूलो उपाधि जितेका छन् । एपीटी फाइनलमा विश्व वरियताका तेस्रो स्थानमा रहेका मदवेदेवले अष्ट्रेलियाका डोमिनिक थीमलाई सनसनीपूर्ण तीन सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।

उनले उपाधिको लागि खेलिएको फाइनल खेलमा थीममाथि ४–६, ७–६ र ६–४ ले विजय हासिल गरेका थिए ।

सन् २०२० का युएस ओपन च्याम्पियन थीमले फाइनल खेलको पहिलो सेट जित्दै राम्रो शुरुवात गरे पनि अन्तिम दुई सेटमा पराजित भएका थिए । दोश्रो सेटको टाइब्रेकरमा मदवेदेवसँग पराजित भएपछि तेस्रो सेटमा थीम सहजै पराजित भएका थिए । २४ वर्षीय मदवेदेव विश्व वरियता क्रममा चौथो स्थानमा छन् ।

आफ्नो खेल जीवनको सवैभन्दा ठूलो उपाधि जितेपछि मदवेदेव ११ वर्षपछि एपीटी फाइनल जित्ने पहिलो रुसी खेलाडी समेत बनेका छन् । यस भन्दाअघि सन २००९ मा रुसी खेलाडी निकोले डेविडेन्कोले एपीटीको उपाधि जितेका थिए ।

मदवेदेवले सेमिफाइनलमा विश्व वरियतामा दोश्रो स्थानमा रहेका स्पेनका राफेल नाडालाई पराजिता गरेका थिए । सेमिफाइनलमा पनि पहिलो सेटमा पराजित भएपनि पछिल्ला दुई सेट जितेर मदवेदेवले फाइनलमा स्थान बनाएका थिए । नाडालमाथि पहिलो जित हासिल गरेर ठूलो उलटफेर गरेका मदवेदेवको फाइनलमा पनि यस्तै उलटफेर गर्दै उपाधि चुम्न सफल भए ।

त्यस्तै अष्ट्रेलियन खेलाडी थीमले सेमी फाइनलमा विश्व नम्वर एक सर्वियाका खेलाडी नोवाक जोकोविचलाई संघर्षपूर्ण खेलमा पराजित गरेका थिए । उक्त म्याराथन खेलमा पहिलो सेट ७–५ ले जितेका थीम दोश्रो सेटमा ६–७ ले पराजित भएका थिए । अन्तिम तथा निर्णायक सेट ७–५ ले आफ्नो पक्षमा पार्दै थीमले फाइनलमा स्थान बनाएका थिए ।