नवाज शरिफकी आमाको लन्डनमा निधन

नवाज शरिफकी आमाको लन्डनमा निधन



पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार बेगम सामिम हाल ९० वर्षकी थिइन् । केही समययता देखि उनी बिरामी थिइन् भने लन्डनको एक अस्पतालमा उनको उपचार भइरहेको थियो ।

सो दलका उपसचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

पूर्वप्रधानमन्त्री शरिफ पनि हाल लन्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लन्डनमै उपचाररत रहेका बताइएको छ । छोरा बिरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लन्डन गएका थिए । उनलाई देशबाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लन्डन गएका थिए ।

उनी लन्डनमा पुगेपछि बिरामी परेका र उपचार गराइरहेका समाचारमा जनाइएको थियो ।