९ मंसिर २०७७, मंगलवार

नेपालमा कोरोना संक्रमितको सङ्ख्या २,१८,६३९ पुग्यो

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार १७:५१



नेपालमा कोरोना संक्रमितको सङ्ख्या २,१८,६३९ पुगेको छ । शनिबार १,६७४ जनामा संक्रमण पुष्टि भएपछि कुल संख्या २ लाख १८ हजार नाघेको हो । काठमाडौं उपत्यकामा मात्रै शनिबार ८९९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १,३०५ जनाको मृत्यु भएको छ । १,९३,३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४,००९ जना सक्रिय सङ्क्रमित छन् । १७,२०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोे छ ।

शनिबार काठमाडौमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७÷५७, कपिलवस्तु र नवलपरासीमा ३३-३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार धादिङमा १८, बर्दियामा १७, धनुषामा ११, दाङमा १०, गोरखामा नौ र नुवाकोटमा आठ जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै सिराहा, धनकुटा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका सात–सात, डडेलधुरा पर्वत र बझाङमा ६–६, सुनसरी, बारा र लमजुङमा पाँच–पाँच जनामा कारोना पुष्टि भएको छ ।

त्यसैगरी सर्लाही, रामेछाप, इलाम, अर्घाखाँची, दैलेख, गुल्मी र सल्यानमा चार÷चार, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका तीन–तीन, उदयपुर, सप्तरी र सिन्धुलीका दुई–दुई र बाजुरा, खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुमपूर्व, रुकुमपश्चिम, सुर्खेत र बैतडीमा एक–एक जनामा कोरोना पुष्टि भएको छ । हाल मनाङ र मुगुमा एक जना पनि सङ्क्रमित छैनन् । काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने दाबी

दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका-२ लालमटियास्थित गोपाल खत्रीको घरमा

विकास रौनियार, धादिङ धादिङको गजुरी गाऊँपालिका वडा १ बाट ६ केजी चरेशसहित दुई व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो