९ मंसिर २०७७, मंगलवार

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार १४:००



भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुल सङ्क्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोनाभाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ ।

तिव्र रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो ।

त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने दाबी

दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका-२ लालमटियास्थित गोपाल खत्रीको घरमा

विकास रौनियार, धादिङ धादिङको गजुरी गाऊँपालिका वडा १ बाट ६ केजी चरेशसहित दुई व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो