९ मंसिर २०७७, मंगलवार

अमेरिकी राष्ट्रपति ट्रम्पमा जेठा छोरा पनि कोरोनासङ्क्रमित

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार ०७:२९



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि गरेका हुन् ।

“कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले स्वास्थ्यकर्मीहरुको सिफारिस अनुसारका सवै मापदण्ड तथा नियमहरुको पालना गर्नुभएको छ,” ती प्रवक्ताले भनेका छन् ।

सङ्क्रमित पुष्टि भएसँगै उनी क्यारेन्टाइनमै रहेका पनि प्रवक्ताले जानकारी दिएका छन् ।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका बताइएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सबैले मास्क नलगाएका एएनआईले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले कोभिड-१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको

म्याग्दी (नेपाल)की १८ वर्षीया सपना रोका मगर विश्वका प्रभावशाली सय महिलाहरूको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको २०२० का

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित

प्रधानमन्त्री र देउवाबीचको भेटमा सत्ता साझेदारीको नभई संवैधानिक नियुक्तिबारे छलफल भएको खुलासा सत्तारुढ नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाको