९ मंसिर २०७७, मंगलवार

ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार ०५:२८



ब्राजिलमा शुक्रबार एकै दिन ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै ब्राजिलमा कोभिड १९ का संक्रमितहरुको संख्या ६० लाखभन्दा बढी पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबारसम्मको तथ्यांकअनुसार ब्राजिलको कोभिड १९ का संक्रमितहरुको जम्मा संख्या ६० लाख २० हजार १६४ जना पुगेको बताइएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ५५२ जनाको ज्यान गएको छ । यो सँगै यहाँ १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको बताइएको छ ।

शुक्रबार बिहानसम्म यहाँ यो संक्रमणबाट १ लाख ६८ हजार ६१३ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको देस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना भाइरसका संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

पछिल्ला हप्ताहरुमा ब्राजिमा कोभिडका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरुले खासगरी साओ पाओलोमा यसका संक्रमितहरु बढी भेटिएका बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने दाबी

दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका-२ लालमटियास्थित गोपाल खत्रीको घरमा

विकास रौनियार, धादिङ धादिङको गजुरी गाऊँपालिका वडा १ बाट ६ केजी चरेशसहित दुई व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो