९ मंसिर २०७७, मंगलवार

कविता महोत्सव मङ्सिर २९ मा

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार ०३:२८



नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको जानकारी दिए ।

प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।

सो प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड-१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने दाबी

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित

दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका-२ लालमटियास्थित गोपाल खत्रीको घरमा

विकास रौनियार, धादिङ धादिङको गजुरी गाऊँपालिका वडा १ बाट ६ केजी चरेशसहित दुई व्यक्ति पक्राउ परेका छन् । सोमबार दिउँसो