१८ मंसिर २०७७, बिहीबार

आणविक अस्त्र भएका राष्ट्रका दूतावासअगाडि प्रदर्शन गर्दै शान्ति समाज

  प्रकाशित मिति
६ मंसिर २०७७, शनिबार ०१:०४



अमेरिका, रुस, चीनसहित ९ देशका दुतावासअगाडि १० डिसेम्बरमा एकसाथ प्रदर्शन हुने


७२औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बर मंसिर २५ का दिन मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्रको विश्वव्यापी उन्मुलन, आणविक हतियारहरुको निर्माण र परिक्षणमा प्रतिवन्धको आग्रहसहित देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

यस क्रममा १० डिसेम्बर अर्थात् २०७७ मंसिर २५ गते आणविक अस्त्र भएका राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायलका काठमाडौंस्थित ९ वटा दुतावास अगाडि एकसाथ मध्यान्ह् १२ बजेदेखि आधा घण्टा प्रदर्शन हुन गइरहेको समाजले जनाएको छ ।

‘कोभिड कहरबाट बच्न सकिन्छ तर आणविक अस्त्रको कहरबाट कस्ले बचाउने ?’ लगायतका प्रश्नसहित आणविक क्लबका सदस्य राष्ट्रहरुको दूतावासअगाडि प्रदर्शनपश्चात युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई बढावा दिन आग्रहसहित ९ वटै देशका सरकार प्रमुखहरुलाई राजदुतावासमार्फत ज्ञापनपत्र बुझाइने छ ।

महाराजगञ्जस्थित अमेरिकी दुतावासअगाडि गरिने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, चिनियाँ दुतावासअगाडि सभापति उत्तम पुडासैनी, रुसी दुतावासअगाडि वरिष्ठ उपसभापति गोविन्द खनाल, इजरायली दुतावासअगाडि संस्थापक महासचिव सुवास ढकाल, फ्रेन्च दुतावासअगाडि सल्लाहकार होमकान्त चौलागाई, ब्रिटिस दुतावासअगाडि संस्थापक सदस्य कृष्ण कँडेल, पाकिस्तानी दुतावासअगाडि कोषाध्यक्ष रामकृष्ण बराल, भारतीय दुतावासअगाडि काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी र उत्तर कोरियाली दुतावासअगाडि ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित शान्तिवादीहरुको सहभागिता रहने समाजका महासचिव सुशिल बस्नेतले जानकारी दिएका छन् ।

यसैगरी यो अभियानका क्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुको आयोजनामा दर्जनौँ जिल्लामा प्रदर्शन हुने बताइएको छ ।

स्मरणीय छ, आणविक अस्त्रको विश्वव्यापी उन्मुलन, आणविक हतियारहरुको निर्माण र परिक्षणमा प्रतिवन्धको मागसहित शान्ति समाजले विगत २५ वर्षदेखि अभियान सञ्चालन गर्दै आएको छ भने विगत एक दशकदेखि युद्ध निषेध : शान्ति विशेष भन्ने आह्वानसहित दर्जनौ प्रदर्शनहरु आयोजना गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवा सञ्चालनमा ल्याएको छ । अमेरिकी विमानले आफ्नो

वासुदेव पौडेल, गण्डकी पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको

राजन घिमिरे हिन्दीमा एउटा कहावत छ- ‘प्यार किया को डरना क्या… !’ प्यार गर्ने, घुमघाम गर्ने, हाँसो–ठट्टा गर्ने र यहाँसम्म

नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ । सि.जी.ले सम्पूर्ण