१८ मंसिर २०७७, बिहीबार

मोरङमा कोरोना सङ्क्रमणबाट तीनको मृत्यु

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार १५:२६



मोरङको दुई शिक्षण अस्पतालमा कोरोना सङ्क्रमणबाट शुक्रबार तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीयसहित तीन जना रहेका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र नोबेल शिक्षण अस्पताल विराटनगरमा एक जनाको मृत्यु भएको हो । विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ८८ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक वृद्धको गएको कात्तिक २७ गते पोजिटिभ आएको थियो ।

सोही अस्पतालमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुधबार भर्ना गरिएकामा बिहीबार पोजेटिभ रिपोर्ट आएको अस्पतालका प्रमुख देवले बताए ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध उपचारका क्रममा शुक्रबार नै मृत्यु भएको छ । मृतकलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएकामा बिहीबार पोजेटिभ आएको अस्पतालका प्रबन्धक नारायण दाहालको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवा सञ्चालनमा ल्याएको छ । अमेरिकी विमानले आफ्नो

वासुदेव पौडेल, गण्डकी पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको

राजन घिमिरे हिन्दीमा एउटा कहावत छ- ‘प्यार किया को डरना क्या… !’ प्यार गर्ने, घुमघाम गर्ने, हाँसो–ठट्टा गर्ने र यहाँसम्म

नेपालको उत्कृष्ट ब्राण्ड सिजीले बढ्दै गएको जाडोलाई मध्यनजर गर्दै विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरू बजारमा ल्याएको छ । सि.जी.ले सम्पूर्ण