बेलायतमा एकै दिन २३ हजार सङ्क्रमित, ५०१ को मृत्यु

बेलायतमा एकै दिन २३ हजार सङ्क्रमित, ५०१ को मृत्यु



बेलायतमा एकै दिन करिब २३ हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

त्यहाँको सरकारी स्रोतले उपलब्ध गराएको तथ्याङ्कमा बेलायतमा बिहीबार एकै दिन २२ हजार ९२५ जना कोरोनाका सङ्क्रमित देखिएको हो ।

सम्बन्धित स्वास्थ्यअधिकारीका अनुसार बिहीबार थपिएका ती सङ्क्रमितसहित बेलायतमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या १४ लाख ५३ हजार ९६७ पुगेको छ ।

बेलायतमा यसरी एकैदिन यति धेरै सङ्क्रमित फेला पर्न थालेको पनि महिना दिनभन्दा पनि बढी भएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

साथै यहाँ एकै दिनमा ५०१ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ । योसहित बेलायतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको सङ्ख्या ५३ हजार ७ सय ७५ पुगेको छ ।

पछिल्लो महिना यहाँ सङ्क्रमितको सङ्ख्या बढेसँगै मृतकहरुको सङ्ख्या पनि बढेको छ । यहाँ कोरोनाको दोस्रो लहरको संक्रमण शुरु भएको बताइएको छ, जसका कारण बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेको छ ।