९ मंसिर २०७७, मंगलवार

टेलिकमद्वारा डाटा प्याक सुविधामा परिमार्जन

  प्रकाशित मिति
५ मंसिर २०७७, शुक्रबार ११:१५



नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको ‘अटम अफर’अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर आज (२०७७ मंसिर ५ गते) शुक्रबार राती १२ बजेपश्चात लागु हुने कम्पनीको भनाइ छ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि रु. २५० मा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि रु. ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी रु. ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले कोभिड-१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको

धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले मंगलबार नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन

अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व

स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला १,८०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन