९ मंसिर २०७७, मंगलवार

बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार १८:४३


बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहनुभएका उपाध्यायलाई कोरोना भएको हो ।

सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेल्न ढाका गएको हो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो ।

नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने एन्फाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय

नेपाल राष्ट्र बैंकले कोभिड-१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको

म्याग्दी (नेपाल)की १८ वर्षीया सपना रोका मगर विश्वका प्रभावशाली सय महिलाहरूको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको २०२० का

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित