जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या आठ लाखभन्दा बढी पुग्यो

जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या आठ लाखभन्दा बढी पुग्यो



जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । यहाँ बुधबार मात्र १७,५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८,३३,३०७ जना पुगेको छ ।

यस संक्रमणबाट यहाँ कम्तीमा पनि १३,११९ जनाको मृत्यु भएको बताइएको छ । जर्मनीका अधिकारीहरुले गएको २४ घन्टामा कम्तीमा पनि ३०५ जनाको ज्यान गएको बताएका छन् ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको मृत्युको दर बढ्दै गएको बताएको छ ।

जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ, तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।