९ मंसिर २०७७, मंगलवार

अमेरीकी चुनाव र विश्वको भविष्य

  प्रकाशित मिति
३ मंसिर २०७७, बुधबार ०७:१६


दामोदर पौडेल


सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनावमा जो वाइडेनले विजय प्राप्त गरे र डोनाल्ड ट्रम्पले नराम्रो पराजय पनि भोगे । सन्की जस्तो ब्यवहार गर्ने र कोरोनाको समयमा उचित ब्यवस्थापन पनि नगर्ने उनमाथिको तत्कालको आरोप र प्रतिक्रिया हो । उनले काला नागरिक मात्र नभई गैरगोराहरूमा विभेद गरेको भन्ने आरोप पनि लागेकै हो । उनी आप्रवासी र अमेरिकाको नागरिक बन्न चाहानेहरूप्रति अनुदार भएको पनि मानिएको हो । सतही रूपमा भन्नुपर्दा ट्रम्प अमेरिकाको लागि दोश्रो पटकको चुनावमा यिनै कारणले गर्दा पराजित भए ।

चुनावी परिणामलाई उनले राम्रोसँग स्वीकार गर्न समेत सकेका छैनन् । उनका समर्थकहरूले चुनावको हारपछि पनि उनको पक्षमा प्रदर्शन गरेका छन् । यसले उनको हठलाई देखाएको छ ।

त्यसो त डेमोक्रेटहरूले पनि उनले चुनाव जित्नासाथ ह्वाइट हाउसअगाडि प्रदर्शन गरेका थिए । यो अमेरिकी लोकतन्त्रमा देखिएको असहिष्णु पक्ष हो । कोरोनाको ब्यवस्थापनमा कमजोरी देखिएकै हो तर अरु कालाप्रति उनको गलत ब्यवहार भन्ने आरोपको उनले उचित जवाफ दिन सकेनन् । उनले काला र गहुँगोराप्रति भेदभाव गरेका अरोपहरूसँग सहमत हुने आधार छैन ।

बरु योचाहिँ मान्नैपर्छ कि उनी एकदलीयता र धर्मको नाममा भएको अतिवादको विरुद्धमा कडा रूपमा लागेका हुन् । आफ्नो राष्ट्रलाई शान्त राखेर तथा आतङ्कको छायाबाट मुक्त गरेर विकास र समृद्धिमा लग्न आह्वान पनि गरेका हुन् । उनको यो छुचो मुख भएर पनि ‘शालीन विचार’लाई बहुमत अमेरिकी जनताले यो पटक रुचाएनन् ।

राष्ट्रपति ट्रम्पको ब्यक्तिगत हठ अमेरिकाका बहुसंख्यक जनताको लागि स्वभाविक लाग्दैन नै । उनले जे गरे त्यसकारणले पनि उनी हारे र केही गर्नुपर्ने कुरा गरेनन् । उनका शान्तिप्रिय र शालीन अमेरिकावादी मतहरू घटेका हैनन् बरु उनले नगरेका अन्य सामान्य रूपमा गरिनुपर्ने कार्यको कारण अरु मत घटेका हुन् ।

अमेरिका खराब, अमेरिका चोर, अमेरिका पुँजिवादी, शोषक, आतंकवादी आदि भनेर नथाक्नेहरूले अमेरिकामा बस्न पाउनको लागि ज्यान फालेर लागे र मत दिए वा प्रचार गरे । उनीहरू अमेरिकालाई शान्त देश हैन बरु आफु जहाँबाट गएको हो त्यही देश जस्तै अशान्त बनाउन चाहन्छन् र त्यसैको सानो रिहर्सल तथा एक स्टेप यो चुनाव हो ।

आप्रवासीहरू र आतंकबाट पीडित भएर पनि आफ्नै मानसिकतामा आतङ्कको बिज रोपिएकाहरूको लागि अमेरिकामा वस्न पाउनु जिवन र मरणको लडाइ जस्तै थियो । उनीहरूमा एक प्रकारको रक्सीरूपी विचार ठिक हो तर खाने गलत हो भन्ने गलत भावनाले अहिले पनि काम गरेको छ । उनीहरू एक भए र ट्रम्पविरुद्ध मत दिए । शालीन अमेरिकीहरूको लागि यो मत जीवन मरणको छनौट थिएन वा उनीहरूले त्यसो सोचेका थिएन् । उनीहरूको लागि कोरोना ब्यवस्थापन, रोजगारी जस्ता विषय प्रमुख भए । उनीहरूले ‘स्लो प्वाइजन’को बारेमा सिरियस बन्ने आवश्यकता घनिभुत रूपमा देखेनन् । यो नै चुनावको परिणामको कारण हो ।

अमेरिका खराब, अमेरिका चोर, अमेरिका पुँजिवादी, शोषक, आतंकवादी आदि भनेर नथाक्नेहरूले अमेरिकामा बस्न पाउनको लागि ज्यान फालेर लागे र मत दिए वा प्रचार गरे । उनीहरू अमेरिकालाई शान्त देश हैन बरु आफु जहाँबाट गएको हो त्यही देश जस्तै अशान्त बनाउन चाहन्छन् र त्यसैको सानो रिहर्सल तथा एक स्टेप यो चुनाव हो । अमेरिकाको महानता र शालीनतालाई त्यहीभित्र पसेर बिथोल्ने ।

शत्रुले सोच्छ कि जसलाई फकाउन सकिन्छ र जसबाट कम हानी हुन्छ वा प्रकारन्तरले सहयोग हुन्छ त्यसैलाई सहयोग गर्नुपर्छ । मध्यपुर्वका देशहरूमा चरम आतंक छ र उनीहरू वाइडेनलाई चाहान्छन्, किन ? प्रष्टै छ कि उनीहरूको लक्ष्यमा रिपब्लिकन र ट्रम्प जस्तो वाइडेन छैनन् । उनीहरू सोच्छन् कि उनीहरूका आतकका अड्डाहरू जो वाइडेनबाट कम असुरक्षित हुन्छन् ।

शान्ति र विकास डेमोक्रेटिक पार्टीको लक्ष्य हो । लोकतन्त्र र अपेक्षाकृत बढि समानता पनि यो दलको लक्ष्य हो । तर अझै अमेरिकीहरूले उत्तर खोज्नु पर्दछ कि किन आतङ्कका पृष्ठपोषकहरू जो वाइडेनको पक्षमा र ट्रम्पको विपक्षमा विश्वभर नै भएको जस्तो देखियो ? यसको उत्तर खोज्न पर्दैन ? यो उत्तरमा नै अमेरिकाको मात्र नभई शेष विश्वको शान्तिको चाहना रहेको छ । मतको तत्कालिक लोभले भविष्य नै दाउमा लगाउनेहरूबाट सचेत मतदाताहरूले ध्यान दिनुपर्ने थिएन र ?

माछाहरू मार्न खाने कुरा प्रयोग गर्दा उनीहरूले अर्को माछाले खाएर विष लागेर मरेको पनि देख्छन् तर मिठोको लोभले र भोक तथा तत्कालिक भोगको इच्छाले मृत्युुसमेत बिर्सन पुग्दछन् । मानवीय मूल्य र मान्यता तथा लोकतन्त्र र बहुलवाद नमान्नेहरू तथा धर्मको आधारमा विभेद गर्नेहरूले ट्रम्पको विरोध गर्ने र जो वाइडेनको समर्थन गर्नुले के सन्देश दिएको छ भन्ने पनि बुझ्न जरुरी छ ।

अमेरिकामा नै अतिवाद र आतङ्कवादको जालो बलियो बन्दैछ । ट्रम्पलाई क्षणिक फाइदा र उनको अस्थायी कमजोरीको कारणले हराइएको होला तर अमेरिकामा सैनिक भवन, तथा अन्य ठूला संरचनामा कुनै पनि बेला हमला हुन सक्ने सम्भावना बढेर गएको महसुस गर्न पनि थालिए के होला ?

केही समयपहिला इराकमा सद्दाम हुसेनलाई मारेर तथा त्यहाँ कथित लोकतन्त्रको विपक्षमा काम गरेर अमेरिकाले जुन सन्देश विश्वमा दिनुपर्ने थियो त्यो दिन सकेन । इराक सद्दामको समयमा जस्तो अहिले सुखी छैन । अल्पसंख्यकहरू उनको समयमा सुरक्षित मात्र थिएनन् बरु तारिक अजिज जस्ता क्रिश्चियन नेता उपराष्ट्रपति नै बनेका थिए । तर अहिले अल्पसङ्ख्यकहरू मारिएका छन् । त्रासमा बाँचेका छन् । देश तहसनहस भएको छ । त्यहाँको गलत शासनको विरोधको कारण अझै बढि गलत अवस्था आउन नहुनेमा अमेरिका सजग हुनुपर्ने थियो र यो अबको लागि शिक्षा पनि हुन आवश्यक छ ।

अमेरिकाले आतङ्कको विरुद्धमा वैचारिक सशक्तिकरणको लागि केही योजना दिन सकेको छ ?– छैन । अमेरिकाले दृढ रूपमा आतङ्क र अतिवादको पक्षका तथा लोकतन्त्र र बहुलवादविरोधी समेतको प्रतिकार गर्न नसके अरु कसले गर्न सक्छ ? यो अबको समस्या हो । अमेरिकामा नै अतिवाद र आतङ्कवादको जालो बलियो बन्दैछ । ट्रम्पलाई क्षणिक फाइदा र उनको अस्थायी कमजोरीको कारणले हराइएको होला तर अमेरिकामा सैनिक भवन, तथा अन्य ठूला संरचनामा कुनै पनि बेला हमला हुन सक्ने सम्भावना बढेर गएको महसुस गर्न पनि थालिए के होला ? कुनै समयमा आतङ्कवादले अमेरिकामा पनि लोकतन्त्रसँग वार्गेनिङ गर्न थाल्ने छ । एक आतंकवादीले हजार जना सामान्य मानिसलाई मार्न सक्दछ तर उसलाई मात्र सजाय हुन्छ । यसले गर्दा अरुलाई डर देखाउने र मार्ने आतङ्कको जालो फैलिँदै गर्दा समाज आतंकमयी बन्न बाध्य हुन्छ र बानीमा परिणत हुन जान्छ । मारिने हजारौँ मानिसहरूको न्यायको अवसान हुँदा एक आतङ्ककारीले न्यायको आशीर्वाद पाएको हुन्छ ।

कोरोनाको कारणले चीनप्रति धेरै अविश्वास र शङ्काको सुरुवात भएको छ, तथापि मुखरित रूपमा भने विश्व चीनका कमजोरी देखाउन तयार छैन । किनभने, तानाशाहको विरुद्धमा बोल्नु भनेको धेरै मुल्य चुकाउनु पनि हुन सक्दछ । बरु तत्कालको फाइदाको लागि त्यसैको पक्षमा लाग र विस्तारै मर्दै जाउ भन्ने उपभोक्तावादी संसारको प्रभावले विश्व कतै कठिनाइमा अगाडि बढिरहको त हैन ?

अमेरिककाले आतङ्कको अन्त्यको लागि साझा र कठोर अवधारणा बनाउन आवश्यक छ । यो मत माग्ने विषयसँग सम्बन्धित होइन । अमेरिका विश्वमा लोकतन्त्र र शान्ति तथा मानवअधिकार र सबै विचार र धर्मप्रति सहिष्णु रहेको समाजको रक्षक बन्नुपर्ने वा आफै देशभित्र नै डराउने भन्ने विषयको चयन उनीहरूले गर्नै पर्दछ । राजनीतिमा शहीद हुने र धर्ममा उपरवालाले माया गर्ने कल्पनामा बनेका आत्मघातीहरूलाई भौतिक र भावनात्मक रूपमा रोक्ने हतियार अमेरिकासँग हुनु पर्दछ ।

अमेरिकी जनतालाई राष्ट्रवादी वन्न र शान्तिका साथ आफ्नो परम्परालाई बचाएर राख्ने अधिकार छ कि छैन ? तथा त्यस्तो विचार बोक्नेहरूको अमेरिकाभित्र र बाहिर पनि संरक्षक बन्न पर्ने कि नपर्ने भन्ने सवाल पनि खडा छ । यसको उत्तर जो वाइडेन र कमला ह्यारिसले खोज्ने नेतृत्वदायी जिम्मा आएको छ । जनसंख्यामा सानो बन्न पुगेको रुसले अहिले जुन हैसियत र अडान लिएको छ त्यो अडान अमेरिकाले लिन नसक्नु दुःखद हुनेछ । अब अमेरिकाको कुनै पनि मानवतावादी नीतिको अमेरिकामा नै विरोध हुने अवस्था आउने दिन आउन हुँदैन ।

एक दलिय ब्यवस्था भएको चीन अमेरिका अमेरिकाभन्दा धेरै विषयमा आगाडि बढिरहेको छ । चीनको प्रगति लोकतन्त्रको विपक्षमा मानसिक प्रभाव हुन सक्दछ । जबकि चीनका वर्तमान राष्ट्रपति अत्यन्त ब्यवहारिक देखिन्छन् । तैपनि कोरोनाको कारणले चीनप्रति धेरै अविश्वास र शङ्काको सुरुवात पनि भएको छ । विश्व मुखरित रूपमा भने चीनका कमजोरी देखाउन तयार छैन किनभने तानाशाहको विरुद्धमा बोल्नु भनेको धेरै मुल्य चुकाउनु पनि हुन सक्दछ । बरु तत्कालको फाइदाको लागि त्यसैको पक्षमा लाग र विस्तारै मर्दै जाउ भन्ने उपभोक्तावादी संसारको प्रभावले विश्व कतै कठिनाइमा अगाडि बढिरहको त हैन ?

अब कुनै दिन घर नजिकैको आफ्नो धार्मिक स्थानमा बम पड्किँदा के नै भयो र पुन अझ राम्रो बनाउला भन्ने र अर्को समुदायको सामान्य विरोध भए पनि मैले हैन भनेर भाग्नुपर्ने अवस्थामा विश्व नै क्रमशः नजाने वतावरण पनि बन्नु पर्छ । सबै उदार विचारको संरक्षण गर्न त्यसको लागि देशको भूमि र जनता पनि तयार हुन पर्दछ । अन्यथा आफ्नो घर नै भत्केकोले अरुको घरको सुरक्षा कसरी गर्न सक्ला र ?



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले कोभिड-१९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको

म्याग्दी (नेपाल)की १८ वर्षीया सपना रोका मगर विश्वका प्रभावशाली सय महिलाहरूको सूचीमा परेकी छन् । बीबीसीले तयार पारेको २०२० का

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा र अपराधका घटना दोहोरिन नदिनका लागि जनचेतना फैलाउन तथा अपराधीलाई दण्डित गर्दै पीडितलाई यथोचित क्षतिपूर्तिसहित

प्रधानमन्त्री र देउवाबीचको भेटमा सत्ता साझेदारीको नभई संवैधानिक नियुक्तिबारे छलफल भएको खुलासा सत्तारुढ नेकपाका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपाको