इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु

इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ को मृत्यु



इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानव अधिकारवादी समूहले जनाएको छ ।

इथियोपियामा पछिल्ला दिनमा घातक हमलाहरू भएका त्यहाँको राष्ट्रिय मानवअधिकारवादी संस्थाले उल्लेख गरेको छ ।

इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् ।’

आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।