विश्वभर एकै दिन ६ लाख ५७ हजार सङ्क्रमित, हालसम्म १३ लाखभन्दा धेरैको मृत्यु

विश्वभर एकै दिन ६ लाख ५७ हजार सङ्क्रमित, हालसम्म १३ लाखभन्दा धेरैको मृत्यु


कोरोना सङ्क्रमणका कारण विश्वभर १३ लाखभन्दा धेरै मानिसको मृत्यु भएको छ ।

सङ्क्रमणसँग सम्बन्धित विश्वभरको तथ्याङ्कमाथि दृष्टि दिँदै आएको जोन हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म विश्वभर पाँच करोड ३० लाखभन्दा धेरै मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने हालसम्म १३ लाख ९ हजार ७ सय १३ जनाले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार शनिबार (१४ नोभेम्बर) मात्र ६ लाख ५७ हजार ३ सय १२ व्यक्ति सङ्क्रमित भएका छन् ।

कोरोना महामारी शुरु भएयता दैनिक सङ्क्रमणको तथ्याङ्कमा यो हालसम्मकै रेकर्ड भएको बताइएको छ ।