नोभेम्बेर पहिलो साताबाट ‘सफ्ट लकडाउन’ गर्दै अष्ट्रिया

नोभेम्बेर पहिलो साताबाट ‘सफ्ट लकडाउन’ गर्दै अष्ट्रिया


प्रतिक्षा सुवेदी (खड्गी), अष्ट्रिया

कोरोना संक्रमणको पारो पछिल्लो दिनमा अत्याधिक बढेसँगै कतिपय युरोपियन मुलुकले पूर्ण बन्दाबन्दी गरे पनि अष्ट्रियाले चाहिँ तत्कालका लागि सामान्य (सफ्ट) बन्दाबन्दी गर्ने निर्णय गरेको छ। अष्ट्रियन चान्सलर (प्रधानमन्त्री) कार्यालयका प्रवक्ताका अनुसार सफ्ट लकडाउन छिट्टै कार्यानयनमा ल्याइने छ। प्रधानमन्त्री कार्यालयको तर्क छ कि पूर्ण बन्दाबन्दी गर्दा नागरिकमा पर्न जाने असुविधालाई सरकारले अत्यन्त चासोको साथ लिएको तथा यसका विविध असरबारे सरकार जानकार रहेको जनाइएको छ।

काउन्सलर कार्यालयका प्रवक्ताले मेडियालाई जानकारी गराएअनुसार आगामी महिना (अर्को साता) नोभेम्बेर ३ तारिक रातको ०० बजेबाट सरकारको उक्त निर्णयलाइ कायान्वयनमा ल्याइने छ। उक्त निर्णय अष्ट्रियन प्रहरीमार्फत कार्यान्वयनमा ल्याइने बताइएको छ।

गत बिहीबार अष्ट्रियन चान्सलर सिबास्टियान कुर्जले मन्त्रिपरिषदका अन्य सदस्यका साथ पत्रकार सम्मलेन गरेका थिए । सो पत्रकार सम्मेलनमा चान्सलर कुर्जले शनिबार (आज) सरकारले प्रतिपक्षी दलका साथै अष्ट्रियामा अवस्थित ९ प्रदेशका प्रदेशप्रमुखहरुसँग सल्लाह तथा राय लिई कस्तो प्रकारको लकडाउन गर्ने भन्ने बारेमा निर्णय दिइने बताएका थिए ।

सरकारले ल्याएको बन्दाबन्दी नियम २०२० (§१९) अनुशार बन्दाबन्दीको अवस्थामा निम्न कारण बाहेक बेलुका ८ बजेबाट बिहान ६ बजेसम्मको समयमा घरबाट बाहिर निस्किन पूर्ण मनाही गरिएको छ ।

१. आफ्नो जीवन आफू बसिरहेको घरभित्र खतरा भएको अवस्था ।
२. अर्को तेस्रो व्यक्तिलाई नगरी नहुने सहयोग गर्नुपर्ने अवस्था ।
३. आफ्नो शरीर र परिवारलाई चाहिन सक्ने अति आवश्यक विषयहरुमा ।
४. बन्दाबन्दीका समयमा गर्न साकिने भनिएका श्रम वा कामका लागि आवश्यक भएमा ।
५. शारीरिक (फिजिकल) स्वास्थका लागि आवश्यक ब्यायाम (बन्द कोठामा बाहेक), जगिङ्ग, हाइकिङ्ग लगायत अवस्थामा । (यो समयमा प्रहरी जाँचमा परेको खण्डमा आफू किन घरबाहिर रहेको भन्ने विषय अष्ट्रियामा बसोबास गर्ने हरेक व्यक्तिले पुस्टि गर्नुपर्ने छ ।)

सरकारले प्रथम चरणको बन्दाबन्दीको अवस्था जस्तो नगरेर घरमा बसेर गर्न सकिने कामहरु घरमा बसेर नै गर्ने ब्यवस्था मिलाउनका लागि निर्देशन साथै व्यापारिक मल, विभिन्न कम्पनी तथा शैक्षिक संस्थाहरु खुला रहने छन् । चलचित्र भवन थिएटर, मेसे तथा आयोजना गरिने कन्सर्टहरु पूर्ण बन्द रहनेछन् । पौडी पोखरी तथा शारीरिक ब्यायामशालाहरु पूर्ण बन्द रहने छन् भने रेस्टुरेन्ट, बार, क्लब तथा डिस्कोथेकहरु पनि बन्द रहनेछन् । तर रेस्टुरेन्टहरुले ग्राहकलाई होमडेलिभरी तथा टेक अवे सेवा दिन पाउनेछन् । कपाल काट्ने स्टुडियोहरु खुला रहनेछन्, विभिन्न थेरापी जस्तै फिजियोथेरापी, रेहा तथा स्वस्थ शरीरका लागि नगरीनहुने सेवाहरु खुल्ला नै रहनेछन् ।

यो अवधिमा सरकारले ल्याएको नियमलाई बेवास्ता गरेको खण्डमा उक्त व्यक्तिलाई ठाउँको ठाउँ दण्डित गरिने ब्यवस्था गरिएको साथै सरकारले पनि नोभेम्बेर ३ बाट जारी गरिने नियर्म (अध्यादेश जस्तै) जारि गरिएको दश दिनभित्र संसदमा पेश गरि पास गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। ज्ञातव्य छ, अष्ट्रयिन संसदको बहुमत बाट वर्तमान सरकारले जारी गरेको नियम (अध्यादेश) पास नभएको खण्डमा उक्त नियम स्वतः निस्कृय हुने कानुनि प्रावधान रहेको छ ।