स्कार्पियो दुर्घटनामा पाँच घाइते, दुईको अवस्था गम्भीर

स्कार्पियो दुर्घटनामा पाँच घाइते, दुईको अवस्था गम्भीर


विकास रौनियार, धादिङ

धादिङमा शुक्रबार स्कार्पियो दुर्घटना हुँदा पाँच घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर बनेको छ ।

बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको बा. १२ च ४४१० नम्बरको स्कार्पियो पृथ्वीराजमार्गस्थित सलाङघाट भन्ने स्थानमा सडकबाट खोल्सामा खस्दा जीपमा सवार पाँच जना घाइते भएका हुन् ।

दुर्घटनाग्रस्त स्कार्पियोमा सवार सबै घाइतेको उद्दार गरिएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख प्रहरी निरीक्षक सुदर्शन जोशीले जानकारी दिए ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले छ ।