पेस्तोलसहित यादव पक्राउ

पेस्तोलसहित यादव पक्राउ



सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २३ वर्षीय टुमनारायण यादवलाई मेड इन इण्डिया लेखिएको एक थान पेस्तोल र सो पेस्तोलमा लाग्ने म्याग्जीनमा लोड गरेको २ राउन्ड गोली सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।

यादवले स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की दिएको र घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा शौचालयको सेफ्टी टयाङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै, सिरहााको कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजार बस्ने २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई १ थान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने १ थान गोली र नियन्त्रित लागूऔषध ६ थान नाइट्रोभेट ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट गस्तीमा खटिएको प्रहरीले डिम्पललाई स. ७ प २५५३ नम्बरको मोटरसाइकल र उक्त सामान सहित बन्दीपुर बजारमा फेला पारेपछि थप अनुसन्धानको क्रममा प्रेमनाथलाई समेत पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।