फ्रान्समा आतंककारी हमला, तीन जनाको विभत्स हत्या

फ्रान्समा आतंककारी हमला, तीन जनाको विभत्स हत्या



फ्रान्सको निस शहरस्थित एक चर्चमा धारिलो हतियार प्रयोग गरी तीन जनाको हत्या गरिएको छ ।

बिहीबार गरिएको उक्त आतंककारी हमलामा एक वृद्ध महिलाको शीर छेदन गरिएको र अन्य एक महिला र एक पुरुषको पनि चक्कु प्रहार गरी हत्या गरिएको बताइएको छ ।

घटनाका बेला अभियुक्तले अरेबिक भाषामा बारम्बार अल्लाहु अक्बर (ईश्वर महान् छन्) भनी चिच्याएका र घटनालगत्तै प्रहरीले गोली हानेर सन्दिग्ध आक्रमणकारीलाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ । मृतक तीनमध्ये दुई जनालाई गिर्जाघरभित्रै मारिएको र एक महिलालाई लखेटी लखेटीकन हत्या गरिएको बताइएको छ ।

आतंककारी हमलाका अभियुक्त २१ वर्षीय ब्राहिम एइसोई नामका ट्यूनीशियाई नागरिक रहेको र ती व्यक्ति रेडक्रशद्वारा जारी कागजातको आधारमा हालै इटलीबाट फ्रान्स प्रवेश गरेका थिए ।

फ्रान्सका राष्ट्रपति एमानुएलले माक्रोंले घटनास्थलको निरीक्षण गरेका छन् । उनले यस घटनालाई इस्लामी आतंकवादी हमलाको संज्ञा दिएका छन् । गिर्जाघर (चर्च) तथा विद्यालहरूमा सुरक्षाका लागि हजारौँको सङ्ख्यामा फौज परिचालन गरिने पनि राष्ट्रपति माक्रोंले बताएका छन् ।

फ्रान्सका प्रतिआतङ्कवादसम्बन्धी अभियोजनकर्ताहरूले घटनाबारे अनुसन्धान शुरू गरेका छन् ।