११ मंसिर २०७७, बिहीबार

महामारी बढेपछि फ्रान्समा फेरि लकडाउन घोषणा

  प्रकाशित मिति
१३ कार्तिक २०७७, बिहीबार १४:४०



फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले लकडाउन लगाउनु परेको उल्लेख गरेका छन् ।

नयाँ व्यवस्थाअनुसार कसेसम्म घर बाहिर निस्कनै नदिने र निस्कनु पर्ने अवस्थामा रहेकाहरुले कडा नियमहरु मान्नु पर्नेछ । बाहिर निस्कनु पर्नेहरुलाई फाराम भर्नु पर्ने व्यवस्था पनि गरिएको छ । फ्रान्समा अहिले घोषणा गरिएको लकडाउन आगामी डिसेम्बर १ तारिखसम्म लागु हुनेछ भने त्यसपछि निरन्तरता दिनु परेमा १५, १५ दिनमा थप्दै लगिने छ ।

फ्रान्समा अप्रिलयता कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या उच्च भएको छ भने मंगलबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै अर्थात ३३ हजार जना नयाँ सङ्क्रमित भेटिएका छन् । “सङ्क्रमित र मृतकहरुको संख्या हेर्दा महामारीले फ्रान्समा डरलाग्दो अवस्था लिन सक्ने देखिएको छ,” म्याक्रोनले भनेका छन् । उनले महामारीको दोस्रो चरण धेरै कठिन र विनाशकारी हुने देखिएकाले त्यस्तो खतरातर्फ जान नहुनेमा जोड दिए ।

म्याक्रोनले महामारीको बेगलाई बढ्न नदिन फ्रान्सले अब ‘निर्मम तरिकाले ब्रेक’ लगाउनुपर्ने उल्लेख गर्दै उनले कोरोनाका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको जानकारी पनि दिए ।

नयाँ घोषणा गरिएको लकडाउन शुक्रबार (३० अक्टोबर)देखि लागु हुनेछ । लकडाउनसँगै छिमेकी राष्ट्रहरुसँगको सिमाना पनि बन्द हुनेछ । प्रवेश गराउनै परेमा स्वास्थ्य परीक्षण गर्नु पर्नेलगायतका कडा मापदण्ड बनाइएको र त्यो पालना गरेपछि मात्रै प्रवेशका लागि अनुमति दिइने भएको छ ।

भिडभाड गर्न हुन नपाइनेगरी यसअघि लगाइएको प्रतिबन्ध पनि कायमै रहेको उनले जानकारी दिए । लकडाउनका बेलामा रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र ठूला कारखानाहरु भने खुल्लै रहने जनाइएको छ । ठूला उद्योगहरु संचालन गर्न विषेश व्यवस्था गरिएको र ती उद्योगहरु संचालन भएपछि अर्थतन्त्र पनि धानिने राष्ट्रपतिको विश्वास छ ।

राष्ट्रपति म्याक्रोनले स्वरोजगार व्यवसायी, पसलेहरु, साना व्यवसायीक प्रतिष्ठान, मध्यम व्यवसायीलगायतका लागि विषेश प्याकेज ल्याउने घोषणा पनि गरेका छन् । यसअघि, जर्मन चान्सलर एञ्जेला मर्केलले पनि आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन सवैलाई सतर्कता अपनाउन आह्वान गर्दै रातको समयमा कर्फ्यूको घोषणा गरेका छन् ।

युरोपेली थुप्रै देशहरूमा महामारीको दोस्रो चरण फेरि तीव्र रुपमा बढिरहेको विभिन्न तथ्यांकहरुले देखाएका छन् । ती केही देशहरुले पनि महामारी नियन्त्रण गर्न भन्दै रातको समयमा कर्फ्यू लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बिरामी बोकेर प्युठानदेखि काठमाडौं आउँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका

पूर्णप्रसाद मिश्र, काठमाडौं कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि

फुटबलका विश्वविख्यात एवम् महानतम् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको ‘कार्डिएक अरेस्ट’का कारण निधन भएको छ

पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । नारायणगढ (चितवन) स्थित एक होटलमा मङ्गलबार साँझ बस्न पुगेका शाहलाई बुधबार साँझबाट छातीमा