११ मंसिर २०७७, बिहीबार

दाङको राप्ती गाउँपालिका चार दिनका लागि सिल

  प्रकाशित मिति
१३ कार्तिक २०७७, बिहीबार ०१:१४


लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिकाअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना पुरुष कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि गाउँपालिका चार दिनका लागि सिल गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीका अनुसार ती संक्रमितको हाल बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको सम्पर्कमा आएका अन्य कर्मचारीपनि संक्रमित हुन सक्ने र त्यसले अन्य सेवाग्राहीमा समेत संक्रमनको जोखिमलाई मध्यनजर गर्दै चार दिनका लागि गाउँपालिकाको कार्यालय र १ र ३ नम्वर वडा समेत सिल गरिएको अध्यक्ष सुवेदीले बताएका छन् ।

सुवेदीले बुधवार एक विज्ञप्ति प्रकाशित गर्दे पालिकास्तरीय संकट व्यवस्थापन समितिको निर्णयअनुसार कात्तिक १६ गतेसम्म गाउँपालिकाको कार्यालय, वडा नं. १ र ३ का वडा कार्यालय सिल गरिएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड-१९ को

६ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको बर्दिबास

पूर्णप्रसाद मिश्र, काठमाडौं कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ हेमन्त ऋतु प्रमादीनामक सम्वत्सर वि.सं. २०७७