सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पर सऱ्यो

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक एक महिना पर सऱ्यो



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित गरिएको छ । कोभिड-१९ महामारीको बढ्दो प्रकोपका कारणबैठक स्थगन भएको बताइएको छ ।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले बुधबार (१२ कात्तिक) विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जानकारी दिएका छन् ।

आगामी चैतको अन्तिम साताका लागि नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशन तोकिएको छ भने सोका लागि केन्द्रीय कमिटीले तयारी गर्ने बताइएको छ ।