फ्रान्समा कोभिडका संक्रमित झन् बढे, एकै दिन ५२ हजार थपिए

फ्रान्समा कोभिडका संक्रमित झन् बढे, एकै दिन ५२ हजार थपिए



फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएको हो ।

गएको २४ घन्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले यहाँ गएको शनिबार मात्र ४५ हजार जनामा नयाँ संक्रमण देखिएको जनाएको थियो भने सोमबार ५२ हजारमा नयाँ संक्रमण भएको पाइएको बताएको थियो ।

यहाँ महामारी सुरु भएदेखि यताको संख्या हेर्दा ११ लाख भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्समा ११ लाख ३८ हजार जनामा संक्रमण भएको छ ।

त्यहाँ ३४ हजार जनाभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ । उक्त एजेन्सीले दिएको जानकारीअनुसार त्यहाँका ३४ हजार ७६१ जनाको यस संक्रमणबाट ज्यान गएको हो ।