१८ मंसिर २०७७, बिहीबार

सखियाको मादल बज्न छोडेपछि रौनकविहीन थारु गाउँ

  प्रकाशित मिति
८ कार्तिक २०७७, शनिबार १६:५४



विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन बनेको छ ।

सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाज नआउँदा यो वर्षको दशैंमा थारू गाउँ रौनकविहीन बनेको हो । कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण थारु गाउँका टोल÷टोलमा हुने सखिया नाच नभएपछि दशैंमा थारु बस्ती सुनसान बनेको छ ।

सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको तथा सामूहिक रूपमा घर घरमा गएर देखाइने हुँदा भीडभाड हुने भएकाले नृत्यको आयोजना नगरिएको हो । थारु समुदायका अगुवा वडघर, गुरुवा, केसौका, चौकीदार, गाउँका मान्यजनसँगै जनप्रतिनिधिहरूले बैठक गरी दशैंका बेला भीडभाड हुन नदिनका लागि सखिया नृत्य नगर्ने निर्णय गरेका छन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट आरम्भ र अन्त्य गरिने सखिया नृत्य परम्परा जोगाउनका लागि मात्रै भीडभाड नहुने गरी एक दुई दिन नाच्ने व्यवस्था गरिएको पिपलाडीका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनभयो । ‘नृत्यमा थारु समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ’ उहाँले भन्नुभयो, ‘कोरोना कहर सकिएपछि अर्को वर्ष नृत्यलाई धार्मिक विधिका साथ गरिन्छ । यो वर्ष यस्तै रह्यो ।’

‘कोरोनाका कारण विश्वनै आक्रान्त बनेको बेला सखिया नृत्यको आयोजना गर्नु मुर्खता हो’, जोनापुरका वडघर रामप्रसाद चौधरीले भन्नुभयो, ‘दशैंमा सखिया नृत्य आयोजना गर्नका लागि गुरुवासँग सल्लाह ग¥यौं । गुरुवाले नृत्य आयोजना गर्दा रोगलाई निम्त्याउनु हो भनेपछि यो वर्ष सखिया नृत्य आयोजना नगर्ने भएका छौं ।

थारु समुदायमा दशैंका अवसरमा नाच लगेर सामूहिक रूपमा गुरुवा, वडघर र गाउँका मान्यजनबाट टिका थाप्ने चलन समेत रहेको छ । कोरोना सङ्क्रमण हुन नदिनका लागि नाच टोलीलाई नलग्ने र सामाजिक दूरी कायम गरेर मात्र टिका टालो गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । ‘नाच टोलीसँगै वडघर, गुरुवा कहाँ टिका थाप्न जाँदाको मज्जा नै बेग्लै हुन्थ्यो’, सञ्चारकर्मी धन बहादुर कुश्मीले भन्नुभयो, ‘यो वर्षको दशैं कोरोनाले खल्लो बनाएको छ । आफन्तजन र नातागोतासँगै बसेर चामलको पिठोबाट बनेको ढिक्री सुगुँरको शिकारसँग खादै सखियाको मज्जा लिँदै दशैं मनाउन नपाइने भएको छ ।’ कारोनाले यस वर्षको दशैं खल्लो बनाएको उहाँको भनाइ छ ।

मादलको ताल संगै कम्मर मर्काउदै सखिया नृत्यमा सहभागी हुने थारु युवतीहरू समेत दशैंका अवसरमा नृत्य गर्न नपाउँदा दुःखी भएका छन् । कोरोना सङ्क्रमणले दशैंमा सखिहरू (सहेलीहरू) मिलेर नाचिने सखिया नृत्य गर्दा लगाउने नयाँ हातैले बुट्टा भरेर तयार पारिएका लहङ्गा र चोली समेत थारु युवतीहरूले पहिरन पाएका छैनन् । सखिया नृत्यमा थारु युवतीहरूले मादलको तालसँगै शरीरलाई विभिन्न मुद्रामा मोडेर नृत्य देखाउने गरेका छन् ।

‘सहेलीसँग मिलेर सखिया नृत्य गरी रमाइलो गर्दा दशैं आएर सकिएको पत्तो नै हुँदैन्थ्यो’, सुनिता चौधरीले भन्नुभयो, ‘दशैंका बेला गाउँमा बेग्लै किसिमको रौनक हुन्थ्यो । मादलको तालमा नृत्य गर्दाको अनुभूति नै बेग्लै किसिमको हुन्थ्यो । कोरोना सङक्रमणले सखिया नृत्य नगर्ने भएपछि गाँउ नै सुनसान छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कोरोना भाइरसबाट सङ्क्रमित भएर अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा बुधबार ३,१५७ जनाको

बोइङ ७३७ म्याक्सले सन् २०१९ मा दुई ठूला दुर्घटना व्यहोरेसँगै अवरुद्ध उडान सेवा सञ्चालनमा ल्याएको छ । अमेरिकी विमानले आफ्नो

वासुदेव पौडेल, गण्डकी पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको

राजन घिमिरे हिन्दीमा एउटा कहावत छ- ‘प्यार किया को डरना क्या… !’ प्यार गर्ने, घुमघाम गर्ने, हाँसो–ठट्टा गर्ने र यहाँसम्म