मर्निङ वाकमा निस्केकी महलिालार्ई बलात्कारको प्रयास गर्नेहरु पक्राउ

मर्निङ वाकमा निस्केकी महलिालार्ई बलात्कारको प्रयास गर्नेहरु पक्राउ



बलात्कार प्रयास गरेका आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीद्वारा नियन्त्रणमा लिइएका अभियुक्तहरु ५२ वर्षीय र ४८ वर्षीय छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडित महिलाले मङ्गलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार नै स्वास्थ्य परीक्षण भएको छ ।

प्रातःभ्रमणमा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् ।