११ मंसिर २०७७, बिहीबार

सरिफलाई पाकिस्तान फिर्ता गर्न बेलायती प्रधानमन्त्रीसँग वार्ता गरिने

  प्रकाशित मिति
८ कार्तिक २०७७, शनिबार ०८:०२



पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग–नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताएका छन् ।

पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिएको अन्तर्वार्ताका क्रममा इमरानले सो कुरा बताएका हुन् । उनले सो अन्तर्वार्तामा भनेका छन्- ‘नवाजलाई स्वदेश फिर्ता गर्ने विषयमा पाकिस्तानका प्रधानमन्त्री वोरिस जोनसनसँग वार्ता पनि गर्न सकिन्छ, त्यसका लागि हामीले सोचिरहेका पनि छौँ ।’

तर उनले नवाज सरिफलाई लन्डनबाट पाकिस्तान फिर्ता गर्ने कामचाहिँ निकै समय लाग्न सक्ने जनाएका छन् । त्यस अन्तर्वार्तामा उनले भनका छन्- ‘हुन त यो प्रक्रिया लामो पनि हुन सक्छ, तर पनि आवश्यक पऱ्यो भने हामी वार्ता गर्नेछौँ र हामी बेलायतका सरकारी अधिकारीहरुसँग निरन्तर रुपमा सम्पर्कमा नै रहेका छौँ ।’

पाकिस्तान सरकारले पाकिस्तानका नेता नवाज सरिफलाई पक्राउ गर्ने तयारी गरिरहेको बताएको थियो । तर नेता सरिफ भने हाल लन्डनमा बस्दै आएका छन् ।

‘हामीले आवश्यक परेमा उनलाई स्वदेश फर्काउने बारेमा आवश्यक मात्रामा वार्ता गर्ने छौँ, आवश्यक पऱ्यो भने म आफै नै पनि त्यहाँ गएर प्रधानमन्त्री जोनसनसँग वार्ता गर्न सक्छु’, उनको भनाई छ ।

तर हालै मात्र बेलायतले भने पाकिस्तानको आन्तरिक राजनीतिमा आफू कुनै पनि प्रकारले संलग्न नहुने जनाएको थियो । पाकिस्तानका अधिकारीहरुले यो प्रतिक्रिया दिएको केही दिनभित्र नै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने आफूले बेलायत सरकारसँग वार्ता गर्ने धारणा सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बिरामी बोकेर प्युठानदेखि काठमाडौं आउँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका

पूर्णप्रसाद मिश्र, काठमाडौं कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ हेमन्त ऋतु प्रमादीनामक सम्वत्सर वि.सं. २०७७

फुटबलका विश्वविख्यात एवम् महानतम् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको ‘कार्डिएक अरेस्ट’का कारण निधन भएको छ