११ मंसिर २०७७, बिहीबार

विश्वमा कोभिड १९ सङक्रमितको संख्या चार करोड २० लाख नाघ्यो

  प्रकाशित मिति
७ कार्तिक २०७७, शुक्रबार १५:३१



विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २० लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २० लाख ९४ हजार ५३५ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ४४ हजार ३०६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड १२ लाख ३५ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८६ लाख ६४ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २८ हजार ४२३ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७७ लाख ६३ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख ३२ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ८० हजार ६४६ जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६९ लाख ४८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय खेलकुद ऐन भेन्टिलेटरमा ■ श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल ‘असक्षम’ सावित भएका छन् । कामभन्दा बढि

बिरामी बोकेर प्युठानदेखि काठमाडौं आउँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका

पूर्णप्रसाद मिश्र, काठमाडौं कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि

फुटबलका विश्वविख्यात एवम् महानतम् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको ‘कार्डिएक अरेस्ट’का कारण निधन भएको छ