प्रियंका र मीनाले भने पियार… घुमाइदेउ पोखरा

प्रियंका र मीनाले भने पियार… घुमाइदेउ पोखरा



विजया दशमीको अवसर पारेर चलचित्र तिम्रो मेरो प्रेम कहानीको गीत नेपआर्ट डिजिटल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको चलचित्र तिम्रो मेरो प्रेम कहानीको यो गीतमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् । ठमेल बजार बोलको गीतमार्फत चर्चामा आएकी गायिका मीना निरौलाले यो गीतमा पनि निकै राम्रो कौशलता प्रस्तुत गरेकी छिन् । नेपआर्ट यूटुब डिजिटल च्यानलमार्फत सार्वजनिक गरिएको यो भिडियोको गीतमा शब्द र संगीत रमण गायकको रहेको छ ।

नेत्र गुरूङको निर्देशन रहेको र प्रियंका कार्की अभिनित यो गीतमा क़विराज गहतराजको नृत्य निर्देशन रहेको छ । ‘राम्रो गायिका र दर्शकप्रिय अभिनेत्रीको यो मिलन दर्शकहरूको लागि हामीले दशैँको उपहारस्वरूप प्रस्तुत गरेका छौँ’- एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले भने । सुरज आरडीको निर्माण रहेको यो चलचित्रमा सुरज आरडी, सारिका केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।