११ मंसिर २०७७, बिहीबार

दशैँ विदा मनाउन घर पुगेका सैनिक जवानको करेन्ट लागेर मृत्यु

  प्रकाशित मिति
७ कार्तिक २०७७, शुक्रबार ०४:३५



तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नै घरअगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैँ विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा पर्वका अवसरमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । देवघाट क्षेत्र विकास समितिले कोभिड-१९ को

६ वर्षीया बालिकाको अपहरणपछि हत्या र सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको बर्दिबास

पूर्णप्रसाद मिश्र, काठमाडौं कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ हेमन्त ऋतु प्रमादीनामक सम्वत्सर वि.सं. २०७७