११ मंसिर २०७७, बिहीबार

भारतमा कोरोना संक्रमणबाट एक लाख १६ हजारको मृत्यु, कुल संक्रमित ७७ लाख

  प्रकाशित मिति
६ कार्तिक २०७७, बिहीबार ०७:१९



भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ५५ हजार ८३८ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या ७७ लाख पुगेको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । विगत २४ घण्टामा ७०२ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा कोभिड–१९ को संक्रमणबाट कूल मृत्यु भएका व्यक्तिको संख्या एक लाख १६ हजार ६१६ जना पुगेको छ ।

मन्त्रालयले भारतमा कूल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा विगत सात दिनको तथ्याँक विश्लेषण गर्दा प्रति दश लाख व्यक्तिमा विश्वमा ३२१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २९७, ब्राजिलमा ६९२, स्पेनमा ८१९ र संयुक्तराज्य अमेरिकामा एक हजार १९५ मा कोरोना देखिएको छ ।

यसैगरी विश्वमा प्रति दश लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् ।

कर्नाटक राज्यमा एक लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६९६ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमूना परीक्षण गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीभित्रका विपक्षीहरूको चर्को दबाबमा परेपछि आफूलाई सुरक्षित तुल्याउन उनले कुन विकल्प अपनाउलान् भन्ने विषयमा विभिन्न

राष्ट्रिय खेलकुद ऐन भेन्टिलेटरमा ■ श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल ‘असक्षम’ सावित भएका छन् । कामभन्दा बढि

बिरामी बोकेर प्युठानदेखि काठमाडौं आउँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका

फुटबलका विश्वविख्यात एवम् महानतम् खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय म्याराडोनाको ‘कार्डिएक अरेस्ट’का कारण निधन भएको छ