फाइजरले जापानमा कोरोनाविरुद्ध खोपको क्लिनिकल परीक्षण थाल्ने

फाइजरले जापानमा कोरोनाविरुद्ध खोपको क्लिनिकल परीक्षण थाल्ने



विशेष प्रतिनिधि, टोकियो (जापान)

अमेरिकी फर्मास्युटिकल कम्पनी फाइजरले जापानमा कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण थाल्ने भएको छ । कम्पनीले छिट्टै नै सो परीक्षण थाल्ने भने यस परीक्षणमा २० देखि ८५ वर्ष उमेरका १६० जापानीहरु सहभागी हुने कम्पनीले घोषणा गरेको छ ।

परीक्षणमा सहभागी भएकाहरुलाई तीन हप्ताको अन्तरालमा दुई पटक खोप दिइनेछ । कम्पनीले परीक्षण यसै महिना शुरु गर्ने योजना बनाएको छ । खोपको प्रभावकारिता र सुरक्षा पुष्टि भए पनि कम्पनीले जापानमा नै खोपको उत्पादन र बिक्रीका लागि अनुमति दिने योजना पनि बनाएको छ ।

खोप विकासका लागि फाइजरले जर्मन साझेदारसँग काम गरिरहेको छ । सन् २०२१ को जुनको अन्त्यसम्मा ६ करोड मानिसका लागि डोज उपलब्ध गराउनेबारे जापान सरकारसँग सहमति गरेको छ ।

अहिले चलिरहेको पहिलो चरणको परीक्षण सफल भयो भने कम्पनीले अमेरिकामा छिटोमा नोभेम्बरको शुरुमा खोपको आपतकालीन प्राधिकरणका लागि आवेदन दिनेछ । बेलायती फर्मा कम्पनी अस्त्रजेनेकाले पनि जापानलाई खोप आपूर्ति गराउने सहमति गरेको छ ।