मिसियोको ‘वयर नाउ पे लेटर’ अफर

मिसियोको ‘वयर नाउ पे लेटर’ अफर


दश हजारभन्दा बढि मूल्यको कपडा किन्दा नौ महिनाको ‘जिरो फाइनान्स’ सुविधा !


प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्डको कपडा मिसियोले ‘वयर नाउ पे लेटर’ अफर ल्याएको छ । ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकले ९ हजार ९ सय ९९ रुपैयाँ भन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ । यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ । आरभ मल्टिनेशनल हाउस प्रा.लि. अन्तर्गतको मिसियो शोरुम काठमाडौं नयाँबानेश्वर र सुन्धारास्थित सिभिल मलमा छ । दुवै शोरुममा मिसियो खरिद गर्ने ग्राहकले यो सुविधा प्राप्त गर्ने प्रवन्ध निर्देशक रज्जु तण्डुकारले जानकारी दिइन् ।

‘शून्य प्रतिशत ब्याजदरमा ९ महिने किस्ता सुविधामा ब्राण्डेड कपडाहरु किन्ने सुवर्ण अवसर हाम्रा ग्राहकलाई मिलेको छ,’ उनले भनिन्, ‘यो अफरको भरपुर लाभ लिन म मिसियो ब्राण्ड मन पराउने सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गर्दछु ।’

महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ । सिभिल मलमा फेब्रुअरी २ बाट र नयाँ बानेश्वरमा सेम्टेम्बर २४ बाट मिसियोको शोरुम स्थापना भएको हो । नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ । ‘धेरै राम्रो रेस्पोन्स पाएका छौं,’ तण्डुकारले भनिन्, ‘मेट्रियल्स र ब्राण्ड अनुसार मूल्य पनि सस्तो छ ।’

१५ वर्षदेखि ५० वर्षसम्मकालाई लक्षित गरी नेपाली बजारमा मिसियो भित्र्याए पनि राम्रो ब्राण्ड भएकाले बालबालिकादेखि ५० वर्षभन्दा माथिका ग्राहकसमेत कपडा किन्न आउने गरेको तण्डुकारले बताइन् । ‘फेसनेवल र क्वालिटी मन पराउनेहरुका लागि मिसियो रोजाइमा परेको छ,’ उनले भनिन् । बैंकहरुसँगको सहकार्यमा सुरु गरिएको किस्ताबन्दी सुविधाले मिसियोप्रति ग्राहकको आकर्षण अझै बढ्ने कम्पनीले विश्वास लिएको छ ।

मिसियोको लागि नेपालको मास्टर फ्रेन्चाइज कम्पनी आरभ मल्टिनेशनल हाउस हो । शतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली ग्राहकहरुमाझ ल्याउन पाउँदा निकै खुसी लागेको तण्डुकारले बताइन् ।

मिसियो चीनको उत्कृष्ट ब्राण्डमा पर्छ । चीनको फेसन उद्योगको प्रतिष्ठित समूह इस्योन (YISHION) को स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित छ । चीनमा मिसियोका ३२ वटा फ्याक्ट्री छन् भने ५ हजार भन्दा बढी स्टोर्स छन् ।